लक्ष्मीभक्त उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन्। शुक्रबार शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताए ।
नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामीप्यमा रहेर उनले निरन्तर कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । “हाम्रो पार्टी उहाँका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ”, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ ।
उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेको वक्तव्यमा जनाइएको छ । उनी १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा