वडाअध्यक्षका उम्मेदवार घिमिरेले लिए उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १८ : १२
हेटौंडा उपमहानगरपालिका–२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली काँग्रेसले घिमिरे अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।
घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए । घिमिरेले आज उम्मेदवारी फिर्ता लिएका हुन् । घिमिरेलाई नेपाली काँग्रेस मकवानपुरका सभापतिले आमन्त्रित सदस्यमा मनोनीतसमेत गरेका छन् । वडाअध्यक्षमा बागी उम्मेदवारी दिएका काँग्रेसका अर्का नेता सुदि राजबाहकले भने उम्मेदवारी फिर्ता लिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या