विराटनगर महानगरमा मेयरका ३, उपमेयरका २ सहित २३ जनाको उम्मेदवारी फिर्ता

विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका ३ जनाले आफ्नो मनोनयन फिर्ता गरेका छन् । यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् ।
प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायम रहेको बताएकी छन् । यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता उमेश यादवले पनि उम्मेदवारी कायमै राखेका छन् ।
गठबन्धन दलहरुबीच अन्तिम समयमा वडाको भागबण्डा गराउन पहल गरेको भएपनि सार्थक नभएको नेताहरुले बताएका छन् । काँग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एसका कुनैपनि वडाध्यक्षका उम्मेदवारले आफ्नो मनोनयन फिर्ता नलिएका हुन् ।
जसको कारण प्रमुख र उपप्रमुखमा गठबन्धन गरेको दलहरु अब वडामा भने छुट्टाछुट्टै लड्नुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?