सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्

शुक्रबार, १६ वैशाख २०७९, २२ : ४८
शुक्रबार, १६ वैशाख २०७९

पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् ।  काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, काँग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने बताउँदै आएका थिए । तर, पोखरा मेयरमा दिएको उम्मेदवारी काँग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप