भरतपुरमा काँग्रेसका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १७ : २३

भरतपुरमा महानगरपालिकाको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेका छन् । शुक्रबार साँझ ५ बजेसम्म नाम फिर्ता दिन समय निर्धारण भएपनि पौडेलले सो समयमा उम्मेदवारी फिर्ता नगरेका हुन् ।
काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि ३ दिनदेखिको प्रयास असफल भएको बताए । भरतपुरमा गठबन्धनका उम्मेदवार रेणु दाहाललाई सघाउने काँग्रेसको निर्णय थियो ।
यसैबीच पोखरा महानगरमा काँग्रेसका दुई बागी उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छन् । पोखरा महानगरमा नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले मेयर पदको उम्मेदवारी फिर्ता लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम