चौधरीको नाम उम्मेदवार सूचीबाट नहटाउन आदेश
शुक्रबार, १६ वैशाख २०७९, १७ : ०४
![चौधरीको नाम उम्मेदवार सूचीबाट नहटाउन आदेश](https://rpcdn.ratopati.com/media/albums/supreme_court_by_subash_3_1P4dRVDPSh_ybyhemLNty.jpg)
सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपनि आयोगले उम्मेदवारको नाम समाविष्ट नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटविरुद्ध अदालतले उम्मेदवारी रद्द नगर्न अल्पकालिन आदेश दिएको छ ।
ममता कुमारी चौधरीले आयोगविरूद्ध दिएको रिटमा प्रकाशमान सिंह राउतको इजलासले ३९३ क्रम संख्यामा रहेको चौधरीको नाम उम्मेदवारको सूचीबाट नहटाउन भनिएको छ ।