गण्डकी गाउँपालिकामा जसपाले माओवादीलाई सघाउने
गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो ।
पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
माओवादीबाट उपाध्यक्षका उम्मेदवार पार्वती गुरुङ र जसपाका अध्यक्षका सुनमाया आलेले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
‘गण्डकी गाउँपालिकामा माओवादी र जसपाबीच पालिका केन्द्रमा तालमेल गर्ने सहमति भयो’ जसपा गण्डकीका नेता कुमार तिवारीले जानकारी दिए । ‘अब हामी सहमति कार्यान्वयन गरेर हामी संयुक्त रुपमा चुनावमा होमिन्छौ’, उनले भने ।
गण्डकी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष जसपालाई दिनेगरी सहमति भएको माओवादी केन्द्र गण्डकी गाउँपलिकाका अध्यक्ष सीताराम रसाइलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह