‘मेरो घर किन्नुहोस् र मेरा पूर्व पतीलाई पनि राख्नुहोस्’
एक महिलाले आफ्नो घर बेच्ने निर्णय गरेकी छिन् । उनले घर किन्नेहरुलाई डिस्काउन्टको समेत अफर दिएकी छिन् । तर अफर भने रोचक छ । घर किन्नेले उनका पूर्व पतीलाई पनि राख्ने अनुमति दिएको खण्डमा घर सुपथ मुल्यमा पाइने र उनका पूर्व श्रीमानले घरको काममा पनि सहयोग गर्ने बताएकी छिन् ।
तीन बेडरुम, दुईवटा बाथरुम, एउटा पूल र हट टब भएको उक्त घर बेच्ने घोषणा ती महिलाले फेसबुकमार्फत् गरेकी हुन् ।
फेसबुकमा जुन पोस्ट यो घरका लागि जारी गरिएको छ, त्यस अनुसार घरको मूल्य ५ करोड ३४ लाखभन्दा बढी छ । तर उनको घरमा पूर्व पतिलाई बस्न दिइन्छ भने यो मूल्य कम हुनसक्ने पनि महिलाले बताएकी छिन् ।
न्यूयोर्क पोस्टको खबर अनुसार महिलाले उनका पूर्व पती घरको मालिक नहुने पनि स्पष्ट पारेकी छिन् ।
फ्लोरिडामा छ घरः
यी महिलाको नाम क्रिस्टल बल हो । उनी ४३ वर्षकी भइन् । उनले फेसबुक पोस्टमा घरबारे सबै विवरण दिइएको छ । यो घर फ्लोरिडाको पनामा सिटी बीच नजिकै छ ।
महिलाले किन गरिन् यस्तो ?
महिलाले आफूलाई मार्केटिङको नयाँ तरिका निकै मनपर्ने बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ सम्बन्धविच्छेदको घोषणा गर्नका लागि यो सबैभन्दा उत्कृष्ट तरिका हो । ’
उनले आफूहरुबीचको सात वर्ष पुरोना सम्बन्ध समाप्त भएको बताएकी छिन् । यद्यपि, यी दुईले साझेदारीसहित बच्चालाई पालैपालो हुर्काउन जारी राख्नेछन् । उनीहरु थुप्रै व्यावसायमा पनि साझा पार्टनर हुने बताइएको छ ।
के हो पूरा मामिला ?
यी महिला अमेरिकाको अलबामाको बर्मिङ्घममा बस्छिन् । उनले सन् २०१९ मा रियल इस्टेटको लाइसेन्स पाएकी थिइन् । त्यसपछि उनी आफ्नो बिचमा भएको तीनमध्ये दुई वटा सम्पत्ति बेच्ने तयारीमा छिन् ।
रोचक छ पोस्ट, पाइनेछ थुप्रै सुविधाः
महिलाले आफ्नो पोस्टमा आफ्ना पूर्व श्रीमान् रिचर्ड चैलयूका थुप्रै फोटो पनि फेसबुकमा सेयर गरेकी छिन् । घर बेच्नका लागि जुन कुरा उल्लेख गरिएको छ, त्यस अनुसार रिचर्ड खाना त बनाउनेछन् नै, सफाई, रिपेयरिङको काममा पनि मद्दत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर