बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका हलमा सौगात र दीयाको ‘मन्त्र’

शुक्रबार, १६ वैशाख २०७९, १६ : २४
शुक्रबार, १६ वैशाख २०७९

आज शुक्रबारबाट फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ फ्राइडे रिलिज अन्तर्गत देशभर रिलिज भएको हो । फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका छ । 

मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको फिल्मले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई फिल्मले मुख्य कथा बनाएको छ । फिलमको बुधबार ‘प्रिमियर’ भएको थियो ।

प्रिमिएरमा फिल्मले प्रशंसा पाएको थियो । नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको समेत अभिनय रहेको फिल्ममा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप