माओवादीका ‘बागी’ अमान सिंह तामाङले फिर्ता लिए उम्मेदवारी
सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका अमान सिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारीक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेर ५ वर्षसम्म मेयर भएका तामाङले पुनः चुनाव लड्ने चाहना राखेका थिए । सोही अनुसार उनको नाम पार्टीको नगर कमिटीले सिफारिस गरी जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो ।
केन्द्रीय समितिले उनलाई निकट नदिएर सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तामाङ रुष्ट भएका थिए । पार्टीबाट टिकट नपाएपछि उनले वैशाख १२ गते स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका थिए ।
आफूले पार्टी जोगाउन आफूले उम्मेदवारी फिर्ता लिएको तामाङले रातोपाटीलाई बताए । ‘उम्मेदवारी फिर्ता नलिँदा पार्टीमा दुई धार हुने स्थिति बन्यो । यसले पार्टी कमजोर बन्ने देखियो,’ उनले भने, ‘पार्टी भए सबै हुन्छ । पार्टी नै नभएपछि मैले केको राजनीति गर्नु ? पार्टी जोगाउनका लागि मैले उम्मेदवारी फिर्ता गरेको हो ।’
आफूले जनताको माग अनुसार नै उम्मेदवारी दर्ता गराएको भन्दै उनले अहिलेको परिस्थितिमा उम्मेदवारी फिर्ता लिनु नै उचित हुने देखेर फिर्ता लिएको बताए । ‘मलाई पार्टीबाट भन्दा पनि कार्यकर्ता र जनताबाट मिलेर जानुपर्छ भन्ने सुझाव आयो,’ उनले भने, ‘पार्टीले कृष्णप्रसाद सापकोटाको पक्षमा निर्णय गरेकाले कार्यकर्ता र जनताबाट आएको सुझाव अनुसार उहाँलाई सघाएर मैले उम्मेदवारी फिर्ता लिएको हुँ ।’
उनले अगाडि भने, ‘पार्टीले त्यस्तो प्रेसर त दिएन तर, कार्यकर्ताबाट चाहिँ पार्टी दुई धारमा जानुहुँदैन भनेर प्रेसर आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण