निर्वाचन आयोगका लागि सामाजिक सञ्जाल चुनौती, कसरी गर्दैछ नियमन ? (भिडियोसहित)

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगका लागि डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनको विषय चुनौतीको विषय बनेको छ । सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गरी काम अघि बढाएको आयोगका उप–सचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् ।
अर्याल भन्छन्, ‘सामाजिक सञ्जालमा आउने नकारात्मक, गलत तथा तथ्यहीन सूचना नियन्त्रण गर्न कठिन रहे पनि आयोगको संयन्त्रले जतिसक्दो काम गर्ने र आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।’ सामाजिक सञ्जालमा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको पेज, प्रोफाइल नै बन्द गर्न सकिने पनि सह–प्रवक्ता अर्यालको भनाइ छ ।
आयोगले सामाजिक सञ्जाल नीति नै सार्वजनिक त्यसको कार्यान्वयन समिति पनि तयार गरेर काम गरिरहेको छ । विशिष्ट ढङ्गबाट सामाजिक सञ्जाललाई सूचना प्रवाहको अधिकतम प्रयोगमा ल्याउन र निर्वाचनका समयमा हुने गालीगलौज, दुष्प्रचार जस्ता विषयलाई नियमन गरिने सह–प्रवक्ता अर्यालको भनाइ छ। जसका लागि आयोगले सूचना प्रविधि प्रमुखको नेतृत्वमा टास्क फोर्स तयार गरेको छ ।
जसमा, साइबर ब्युरो प्रतिनिधि, आयोगका साझेदार संस्थाहरूद्वारा युएनडिपी इएसपी र आइफेस नेपालको सहयोगमा नियुक्त भएका सोसल मिडिया विशेषज्ञ तथा आयोगका आइटी इन्जिनियरहरूको उपस्थितिमा आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको नियमन गरिरहेको आयोगको भनाइ छ ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
-
हेटौँडा अस्पतालको बोर्ड तोडमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने