क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
शुक्रबार, १६ वैशाख २०७९, १५ : १५

नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ ।
एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे क्यामरुनी क्लबको सामना गर्न लागेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेका छन् ।
त्यसपछि अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई क्याम्पमा बोलाएका हुन् । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग