माओवादीबाट बागी उम्मेदवारी दिएकी कृपाद्वारा उम्मेदवारी फिर्ता
आसन्न स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा)ले मनोनयन फिर्ता लिएकी छिन् । उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट मनोनयन फिर्ता गरेकी हुन् ।
गत बैशाख १२ गते माओवादी केन्द्रको तर्फबाट बकैया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी उनले निर्वाचन अधिकृतको कार्यालय बकैया हात्तिसुडे पुगेर उम्मेदवारी फिर्ता लिएकी हुन् ।
उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अुनसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन् । गठबन्धनको सहमति अनुसार अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादी केनद्रका भक्त बहादुर खत्री उम्मेदवार हुन् । यस अघि बकैयाको उपाध्यक्ष पदमा काँग्रेसबाट उम्मेदवार बनेकी छायाँ अधिकारीको उम्मेदवार खारेज भइसकेको छ । अधिकारीको कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण