माओवादीबाट बागी उम्मेदवारी दिएकी कृपाद्वारा उम्मेदवारी फिर्ता

आसन्न स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा)ले मनोनयन फिर्ता लिएकी छिन् । उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट मनोनयन फिर्ता गरेकी हुन् ।
गत बैशाख १२ गते माओवादी केन्द्रको तर्फबाट बकैया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी उनले निर्वाचन अधिकृतको कार्यालय बकैया हात्तिसुडे पुगेर उम्मेदवारी फिर्ता लिएकी हुन् ।
उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अुनसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन् । गठबन्धनको सहमति अनुसार अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादी केनद्रका भक्त बहादुर खत्री उम्मेदवार हुन् । यस अघि बकैयाको उपाध्यक्ष पदमा काँग्रेसबाट उम्मेदवार बनेकी छायाँ अधिकारीको उम्मेदवार खारेज भइसकेको छ । अधिकारीको कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम