सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन
सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए ।
रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा सुर्खेत जिल्लाको निर्वाचन स्थगित भएको थियो । त्यसपछि एन्फाले रविन चन्दलाई निर्वाचनमा भाग लिन नदिन भन्दै पत्र पठाएको थियो ।
यता, एन्फाको निर्वाचन समितिले भने रविन कुनै क्लबको नेतृत्वमा नभएकाले निर्वाचनमा भाग लिन पाउने भन्दै निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन हुने नहुने अलमल परेको भन्दै सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन हुन सकेको थिएन ।
निर्वाचनका लागि भनेर एन्फाले प्रकाश संगिनलाई प्रतिनिधिको रुपमा पठाएको छ । रविनले चुनावमा लड्न जाने वा नजाने भन्ने कुरा अहिलेसम्म फाइनल भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’