बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका(३ धारापानीका ३५ वर्षीय गणेश विक पक्राउ परेका छन् ।
पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका विक पक्राउ परेका हुन् ।
स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।
विकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ काशीराम बुढाले बताए । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’