शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शनिवार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

शुक्रबार, १६ वैशाख २०७९, १३ : ०४
शुक्रबार, १६ वैशाख २०७९

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार (वैशाख १७ गते, भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ९ बजेदेखि १०: ३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । 

नर्भिकले चैत महिनाभर पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिवार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । 

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । यो टिमले बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । 

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्राडा रविन जोशी र डा.इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप