हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी, ५ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ ।
सफाइ कर्मचारीको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमानको शौचालयबाट बाहिर ल्याएका थिए ।
सो सुन दुबईबाट तस्करले हिमालय एयरलाइन्सको शौचालयमा राखेर पठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताए । सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्कर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् । माबो र तामाङ पनि सफाइ कर्मचारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण