शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी, ५ जना पक्राउ

शुक्रबार, १६ वैशाख २०७९, २२ : ५३
शुक्रबार, १६ वैशाख २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ ।

सफाइ कर्मचारीको साथबाट २ किलो  ३३२ ग्राम  सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमानको शौचालयबाट बाहिर ल्याएका थिए ।

सो सुन दुबईबाट तस्करले हिमालय एयरलाइन्सको शौचालयमा राखेर पठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताए । सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्कर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।   माबो र तामाङ पनि सफाइ कर्मचारी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप