सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनका उमेदवारलाई जिताउन किसान संगठनहरुको संयुक्त अपिल

शुक्रबार, १६ वैशाख २०७९, १२ : ४८
शुक्रबार, १६ वैशाख २०७९

सत्ता गठबन्धन सम्बद्ध किसान संगठनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेका छन् । किसान संगठनहरुको संयुक्त बैठकले शुक्रबार  पाँच दलीय गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका हो । 

लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण, किसानहरूको हक, हित र अधिकारको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनीहरुको अपिल छ ।  किसानहरू विरुद्ध गरेका सम्पूर्ण षडयन्त्र, दम्भ, घमण्ड, अहंकार र भ्रष्टाचारको विरुद्धमा ५ दलीय गठबन्धन बनेको उनीहरुको ठहर छ । 

कृषि क्रान्ति, वैज्ञानिक भूमिसुधार, खाद्य सम्प्रभुता, जलवायु न्याय हुने गरी किसानमुखी नीति तथा कार्यक्रमअघि सार्न पाँच किसान संगठनको आग्रह छ । जनताको संघर्षबाट प्राप्त उपलब्धिका विरुद्ध कुनै षडयन्त्रको पाँचदल सम्बद्ध किसान संगठनले डटेर सामना प्रतिबद्धता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप