आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडाको पोल्ट्री फर्ममा बर्डफ्लु, ३ हजार ४५३ वटा कुखुरा नष्ट

शुक्रबार, १६ वैशाख २०७९, १२ : ४३
शुक्रबार, १६ वैशाख २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

सो फार्ममा पालिएको ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० वटा अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए । खड्काको फर्ममा पालिएको कुखुरामा बर्डफ्लुको शंका भएपछि वैशाख ९ गते नमुना संकलन गरी परीक्षणका लागि पशुसेवा विभाग काठमाडौं पठाइएको थियो ।

नमुना संकलन गरेको ७ दिनपछि बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको उनले बताए । रिपोर्ट पोजेटिभ आएलगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आकस्मिक बैठक बसेर बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुरा नष्ट गरिएको डा.ठाकुरले बताए ।

उनका अनुसार, आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परीक्षण भने नेगेटिभ आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप