सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यानसँगको वार्तामा हवाई संचालक संघ, सहमति नभए ‘सट डाउन’ मा जाने

शुक्रबार, १६ वैशाख २०७९, १२ : ३१
शुक्रबार, १६ वैशाख २०७९

आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ वार्तामा बसेको छ । आफ्नो मागका सम्बन्धमा संघ नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग वार्तामा बसेको हो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । 

‘अहिले हाम्रो र क्यानबीच निर्णायक वार्ता चलिरहेको छ । वार्ता सकारात्मक हुनेमा हामी आशावादी छौं । यदि सफल नभए भने हामी लगत्तै १२ः३० बजेदेखि नै सम्पूर्ण हवाई सेवा बन्द गरेर सर्ट डाउनमा जान्छौं’, कँडेलले भने । यद्यपि, अहिले भने नियमित रुपमै हवाई सेवा सञ्चालन भइरहेको उनको भनाइ छ । 

आन्तरिक उडानलाई अब दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलित भएका हुन् ।  बिहीबार नै विज्ञप्तिमार्फत संघले माग पुरा नभए आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएको थियो । योसँगै बिहीबार बेलुका नै प्राधिकरणले वार्तामा आउन वायु सेवा सञ्चालकहरुलाई आग्रह गरेको र सोही अुनसार शुक्रबार वार्तामा बसिरहेको कँडेलले रातोपाटीसँग बताए । 

उडानको स्लट कम्पनीहरुले माग गर्नुपर्नेमा उल्टो प्राधिकरणले जारी गरेको र त्यो पनि आफुखुशी हवाई कम्पनीहरुलाई सोध्दै नसोधी पठाएको कँडेलको भनाइ छ । प्राधिकरण भने वैशाख १५ गतेदेखि आन्तरिक उडानलाई नियमित दैनिक १८ घण्टा (रात्रिकालिन सेवा) सञ्चालन गर्नेगरि अघि बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप