नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताइसकेका छन् ।
छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण