हिमालयन हाइड्रोले वैशाख २५ गतेदेखि आईपीओ जारी गर्ने
हिमालयन हाइड्रोपावरले आगामी वैशाख २५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरू, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दालाई आईपीओ जारी गर्न लागेको हो । यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरू र मादी गाउँपालिकाका वडा नं. ६ र ७ (साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका) स्थानीय बासिन्दाहरुले समेत कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएका सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आईपीओको आवेदन छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा जेठ २३ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण