शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘वर एण्ड वधु’मा भित्रिइन् साम्राज्ञी

शुक्रबार, १६ वैशाख २०७९, १० : ५५
शुक्रबार, १६ वैशाख २०७९

फिल्म ‘वर एण्ड वधु’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । निर्देशक मिलन चाम्सले फिल्मको मुख्य भूमिकाको लागि साम्राज्ञी भित्रिएको जानकारी दिए ।  ‘फिल्मको मुख्य भूमिकाका लागि साम्राज्ञी भर्खर फाइनल भएकी हुन्’ निर्देशक चाम्सले भने, ‘उनको जोडी र भूमिका अहिले खुलाउन मिल्दैन ।’ फिल्मभित्र रहने कलाकार को कसको जोडी भन्ने विषय फिल्मको शुभ–मुर्हूतमा मात्र जानकारी दिने चाम्सले बताए ।

फिल्मको मुख्य भूमिकाको लागि यसअघि आँचल शर्मा र विवेक कर्माचार्य छानिएका थिए । कमेडी र पारिवारिक विषयमा निर्माण हुन लागेको फिल्म जेठबाट फ्लोअरमा निस्किने तयारी गर्दैछ । किरण केसी र विजय लामाको समेत मुख्य भूमिका रहने ‘वर एण्ड वधू’ एलआरके इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

निर्देशक चाम्सले केही अगाडि मात्र ‘गोर्खा वारियर–२’  छायाङ्कन सकाएका छन् भने साम्राज्ञी पनि हालै ‘ह््यारीकी प्यारी’ फिल्मको छायाङ्कन सकाएर फर्किएकी हुन् । उनी अब फिल्म ‘लण्डन टु पेरिस’ को छायाङ्कनका लागि फ्लोरमा जाने तरखरमा छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप