आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

शुक्रबार, १६ वैशाख २०७९, १० : ४३
शुक्रबार, १६ वैशाख २०७९

आसन्न निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी तालमेल गर्ने सहमति भएको हो । उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका उम्मेदवारले मनोनयन फिर्ता लिएर तालमेल गर्ने सहमति भएको हो । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

उक्त निर्णयअनुसार गाउँपालिकाको अध्यक्षमा एमालेका टपिन्द्र तिमल्सिनाको उम्मेदवारी कायम रहनेछ भने उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा थापाको उम्मेदवारी कायम रहने छ । माओवादी केन्द्रबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले मनोनयन फिर्ता गर्ने छिन् भने उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी एमालेकी मञ्जु नेपालले पनि मनोनयन फिर्ता लिने सहमति भएको छ ।

नेपाली काँग्रेसबाट सुनकोशी गाउँपालिका अध्यक्षमा श्रवणकुमार (विनोद) जि.सी र उपाध्यक्षमा कान्छीमाया तामाङ उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ताको विषयमा निर्णय गर्नका लागि दुवै पार्टीको बैठक केही बेरमा बस्ने तय भएको छ । बैठकले चुनावी तालमेलको अन्तिम निर्णय र रणनीति तयार पार्ने बताइएको छ ।

२०७४ सालको निर्वाचनमा सो गाउँपालिका अध्यक्षमा काँग्रेसका श्रवणकुमार जिसी र उपाध्यक्षमा लक्ष्मी पौडेलले जितेका थिए । पालिका प्रमुखमा जिसीले एमालेका शिव न्यौपानेलाई ४१६ मतान्तरले पराजित गरेका थिए । जिसीले ४ हजार ३१६ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप