राप्रपा हेटौँडाका उम्मेदवारकाे मन्दिरमा शपथ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’
शुक्रबार, १६ वैशाख २०७९, १० : १७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् । हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।
मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँकाे सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए । उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी