बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिमीकोटमा म्यादी प्रहरी मृत फेला

शुक्रबार, १६ वैशाख २०७९, ०७ : ४५
शुक्रबार, १६ वैशाख २०७९

हुम्ला सदरमुकाम सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमीकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप