बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी

शुक्रबार, १६ वैशाख २०७९, ०७ : २३
शुक्रबार, १६ वैशाख २०७९

सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजसम्म जारी रहने छ । प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेकी छिन् ।

उनका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ । चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो  समयको धैर्यलाई बोध गरेको उनले बताइन् ।

“कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ । संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ”, उनले भनिन् । आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्दछ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप