चेल्सी र युनाइटेडको बराबरी
शुक्रबार, १६ वैशाख २०७९, ०७ : ०१
इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन् । युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो ।
पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो ।
माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ । चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको सम्पत्ति : ३५ लाख नगद, ५ तोला सुन, जग्गा परिवारको नाममा
-
कृषि मन्त्री साहको सम्पत्ति : १० तोला सुन, २५ तोला चाँदी
-
सहकारी मन्त्री अधिकारीको कति छ घरजग्गा र नगद सम्पत्ति ?
-
पक्राउ पुर्जी जारी भएपछि सर्वोच्च पुगे सिरोहिया
-
कति छ सञ्चार मन्त्रीको सम्पत्ति ?
-
विमान आँधीमा फस्दा एक यात्रुको मृत्यु, ३० जना घाइते