नेपालले अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री
शुक्रबार, १६ वैशाख २०७९, ०६ : ५६
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं ।’
उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन् ।
दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो । सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त