एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या
एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो।
एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको थियो। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’
-
नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा
-
नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली
-
काठमाडौँ महानगरपालिकाले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने
-
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण
-
रौतहट प्रहरीद्वारा २४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद