शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

“काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग गरी  ट्राफिक जरिवाना तिर्न सकिने”

बिहीबार, १५ वैशाख २०७९, २२ : ५५
बिहीबार, १५ वैशाख २०७९

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था सुरू भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसनमार्फत तोकिएको जरिवाना रकम तिरीसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए ।

कुमारी बैङ्कका डिजिटल बैङ्किङ प्रमुख अनिश ताम्राकारले  यो व्यवस्थाले नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप