बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानसेनापति शर्माद्वारा वारफेर शिक्षालयको निरीक्षण

बिहीबार, १५ वैशाख २०७९, २२ : ०३
बिहीबार, १५ वैशाख २०७९

प्रधान सेनापति प्रभुराम शर्माले बाराको अमलेखगञ्जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जङ्गल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् ।

बिहीबार निरीक्षणको दौरान उनले उक्त शिक्षालयको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिई शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकलदर्जालाई सम्बोधन तथा “श्री प्रतिविद्रोह तथा जङ्गल वारफेर शिक्षालयको स्मारिका–२०७८“ विमोचनसमेत गरेका थिए ।

भ्रमणकै क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न “स्थानीय तह निर्वाचन–२०७९“ को सुरक्षामा केन्द्रित रही बारास्थित महागढीमाई इलाकामा स्थापना गरेको ‘कम्पनी अपेरेटिङ बेस’ को निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

निरीक्षणका क्रममा उनले अपेरेटिङ बेसको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप