बेइजिङमा कोरोना तीब्र रुपमा फैलिँदै, विद्यालयहरू बन्द
कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो ।
सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । “विद्यार्थीहरूको बिदा शुक्रबार देखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो,” सरकारी एक अधिकारीले भने ।
महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए । विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ ।
विद्यालय अव पुनः कहिले सुचारु गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बेइजिङमा बुधवार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर