मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बकैयाको उपाध्यक्ष अधिकारीको उम्मेदवारी बदर

बिहीबार, १५ वैशाख २०७९, २१ : १४
बिहीबार, १५ वैशाख २०७९

नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छाया अधिकारीको उम्मेदवारी मनोनयन बदर भएको छ । अधिकारीविरुद्ध हाल राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने मागसहित उजुरी परेको थियो ।

उजुरी परेपछि अधिकारीले लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनको मौखिक बयानमा उनी हाल जागिरमै रहेको भनिएकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । 

गणक पद पारिश्रमिक पाउने पद रहेको र आफ्नो उम्मेदवारी बदर भएमा सहमत रहेको ब्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप