सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

बिहीबार, १५ वैशाख २०७९, २१ : ०६
बिहीबार, १५ वैशाख २०७९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।

क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा सल्लाह नगरी निकालिएको विज्ञप्तिको पनि विरोध गरिएको छ । यस्तै उनीहरुले बास्तोला र ओलीमाथिको कारबाही फिर्ता नभएमा संघर्षको नयाँ प्रक्रिया अगाडि बढ्ने उल्लेख गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप