शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट उम्मेदवारी दिएकी अधिकारीको उम्मेदवारी खारेज

बिहीबार, १५ वैशाख २०७९, २० : ४६
बिहीबार, १५ वैशाख २०७९

मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी एक जना महिलाको उम्मेदवारी खारेज भएको छ । नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छायाँ अधिकारीको मनोनयन खारेज भएको छ । उनी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण भेटिएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । 

गत वैशाख १३ गते बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो ।  उजुरी परेका मध्ये नेकपा माओवादीका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका भक्त खत्री र नेपाली कांग्रेसका बकैया गाउँपालिका वडा नम्बर(५ का लक्ष्मी जिम्बाविरुद्ध परेको उजुरी भने रद्द भएको छ । उनीहरु विरुद्धको उजुरीमा प्रमाण नपुगेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत पोखरेलले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप