आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एन्फा चुनाव र प्रशिक्षकसँगको विवादमा कुनै सम्बन्ध छैन : रोहित

बिहीबार, १५ वैशाख २०७९, २० : ४२
बिहीबार, १५ वैशाख २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दले अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादमा कुनै सम्बन्ध नभएको बताएका छन् ।

बिहीबार अल्मुताइरीसँगको विवादको विषयमा बोल्दै रोहितले सामाजिक सञ्जाल र बिभिन्न व्यक्तिहरुबाट अल्मुताइरीसँगको विवाद र एन्फाको सम्बन्ध भएको आएकोले त्यो सरासर गलत भएको बताए ।

उनले खेलाडीको लिडर भएर सबैको हक हितका लागि बोल्दा आफूलाई यस्तो आरोप नलाइ दिन उनले आग्रह गरे । ‘प्रशिक्षकसँगको विवाद र एन्फाको चुनावबीच कुनै सम्बन्ध छैन् । मैले खेलाडीको हक र हितका लागि बोलेको हुँ,’ रोहितले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप