बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु

बिहीबार, १५ वैशाख २०७९, २० : ००
बिहीबार, १५ वैशाख २०७९

हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो,’ओझाले भने ,‘ अहिलेसम्म मृत्युको कारण खुल्न सकिरहेको छैन ।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप