बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमाले उपप्रमुखकी उम्मेदवार कार्कीविरुद्ध परेको उजुरी खारेज

बिहीबार, १५ वैशाख २०७९, १९ : २८
बिहीबार, १५ वैशाख २०७९

कोशी अञ्चल अस्पताल संचालक समितिको सदस्य पदबाट राजीनामा नदिइ विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेजको मागलाई निर्वाचन कार्यालयले अस्वीकार गरेको छ । 

उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय  विराटनगरमा गठबन्धनतर्फका जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी गरेका थिए । उनको उजुरी अनुसारको माग दाबी नपुगेको कारण उजुरी खारेज गरी उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय  विराटनगरमा गठबन्धनतर्फका जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी गरेपछि उनले हतपत राजीनामा बुझाएकी थिइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले शिल्पासहित ४ जना उम्मेदवारविरुद्ध परेको उजुरी खारेज भएको जानकारी दिए । 

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको छ । केपी ओली नेतृत्वको सरकारले महेशराज भट्टराई अध्यक्ष तथा शिल्पा कार्की, मुकेश बुढाथोकी र देवेन्द्र यादवलाई सदस्यमा नियुक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप