‘रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयनमा जाऔं’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालय अन्तर्गतका सचिव, विभाग, महाशाखा प्रमुख र सहसचिवसँग छलफल गरेका छन् । मन्त्री बडूले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा ४२६ मा उल्लेख रहेअनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी बारे छलफल गरेका हुन् ।
त्यसक्रममा सञ्चालनको मोडालिटी, प्रभावकारी बजार अनुगमन र मंगलबारको मन्त्रिपरिषद् बैठकले १० वटा कम आवश्यक एवं विलासी उपभोग्य सामानको आयातमा लगाएको बन्देज तथा आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने गरी भएको निर्णयका विषयमा केन्द्रित थियो ।
मन्त्री बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको विषय सधै सरकारको प्राथमिकतामा पर्ने बताए । तर, हालसम्म सञ्चालन हुन नसकेकाले तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिणाम नदेखिएकोले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा (मोडालिटी) बनाउन र सम्बद्ध सबै पक्षसित छलफल र सुझाव लिने व्यवस्था मिलाउन मन्त्री बडूले निर्देशन दिए । यसैगरी सबैको ध्यान चुनावमा केन्द्रित हुँदा अत्यावश्यक उपभोग्य वस्तुहरूको मूल्य अस्वभाविक वृद्धि, कालोबजारी र कृत्रिम अभाव देखिए अनुगमन गरेर कारबाही गर्न समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार