वेरहाउस निर्माणमा निफ्राले लगानी गर्ने, खाद्यान्नको मौज्दात धितो राखेर किसानलाई ऋण
तीन वटा खाद्यान्न भण्डार गृह निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएको छ । बैंकले खाद्यान्न भण्डार गृह (वेरहाउस) निर्माण गर्ने सम्बनधमा बिहीबार नेपाल वेयरहाउजिङ्ग कम्पनीसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरिने छ । गृहमा कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको बताइएको छ ।
कृषकहरूबाट उत्पादित खाद्यान्न भण्डारण गर्न तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, गृहमा राखेको खाद्यान्नको परिमाणअनुसार कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको व्यवस्था समेत गरिदिने छ ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १ अर्ब ३९ करोड छ । यस्तै, ९४ करोड लगानी ऋणबाट व्यवस्था हुने र बाँकी स्वपुँजीबाट परिचालन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो
-
विपद् कोषमा बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब जम्मा गरिने
-
वीपी राजमार्गको विकल्पमा ‘महाभारत पर्यटन मार्ग’ बनाऔँ : सांसद श्रेष्ठ
-
पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रु बिचको वार्ता सकारात्मक
-
मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध
-
आइपुग्यो दसैँको खसी बोका, तस्बिरहरू