शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वेरहाउस निर्माणमा निफ्राले लगानी गर्ने, खाद्यान्नको मौज्दात धितो राखेर किसानलाई ऋण

बिहीबार, १५ वैशाख २०७९, १८ : ३२
बिहीबार, १५ वैशाख २०७९

तीन वटा खाद्यान्न भण्डार गृह निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएको छ । बैंकले खाद्यान्न भण्डार गृह (वेरहाउस) निर्माण गर्ने सम्बनधमा बिहीबार नेपाल वेयरहाउजिङ्ग कम्पनीसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरिने छ । गृहमा कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको बताइएको छ ।

कृषकहरूबाट उत्पादित खाद्यान्न भण्डारण गर्न तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, गृहमा राखेको खाद्यान्नको परिमाणअनुसार कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको व्यवस्था समेत गरिदिने छ ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १ अर्ब ३९ करोड छ । यस्तै,  ९४ करोड लगानी ऋणबाट व्यवस्था हुने र बाँकी स्वपुँजीबाट परिचालन गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप