शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘लाइफ इन एलए’ को ट्रेलरमा प्रेममा उतार–चढावका दृश्य

बिहीबार, १५ वैशाख २०७९, १८ : २९
बिहीबार, १५ वैशाख २०७९

फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन ट्रेलर सार्वजनिक गरेको जनाएको छ । 
२ मिनेट ५५ सेकेडको ट्रेलरमा फिल्मका मुख्य कलाकार आकेशा विष्ट, शिल्पा मास्केको प्रेमका उतार–चढाव देखाइएको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लगायतको अभिनय छ ।
सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म ब्यास बिस्सुले निर्माण गरेका हुन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन फिल्ममा  कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप