शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि भारतीय शहरहरुमा रोड शो आयोजना गरिने

बिहीबार, १५ वैशाख २०७९, १८ : २४
बिहीबार, १५ वैशाख २०७९

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच भएको सम्झौतामा दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाइएको छ । 

समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने बताइएको छ । यस्तै, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिनुका साथै नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू)  विकासमा समेत सहकार्य गर्ने सहमति भएको छ । 

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताउँदै यसका लागि महासंघले लिएको पहल सकारात्मक भएको बताए । सो अवसरमा सीईओ रेग्मीले महासंघसँग मिलेर काम गर्न बोर्ड सधै तयार रहेको बताए । 

‘खासमा सीमा पर्यटन प्रवर्द्धनको लागि बोर्डका आफ्ना कार्यक्रमहरु प्नि रहेका छन् । पर्यटनसँग सम्बन्धित अन्य कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई पनि सँगै लैजान सकिन्छ’ सीईओ रेग्मीले भने । 
महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहत कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप