आन्तरिक उडान बन्द गर्ने वायुसेवा संचालक संघको चेतावनी
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो ।
क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र यसअघिको वैशाख ३ गतेकै उडान स्लट कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
यदि यसो नगरिए वैशाख १६ गतेदेखि (भोलि) नै सम्पूर्ण उडान बन्द गरेर आन्दोलनमा जाने हवाई कम्पनीहरुले चेतावनी दिएका छन् ।
यस्तो छ संघद्वारा जारी विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण