नबिल बैंकको एकसाथ १४ नयाँ शाखा उद्घाटन
नबिल बैंकले बिहीबार एकसाथ १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही–मालीगाउँ, थली र दहचोक, बाराको जीतपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल, इमाडोल, मकवानपुरको चिसापानी, मोरङको पुष्पलाल चोक, रुपन्देहीको मुर्गिया, खैरेनी, सुनसरीको झुम्का, धनुषाको महेन्द्रनगर धनुषा र ढल्केबरमा शाखा कार्यालय उद्घाटन गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्य एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?