काठमाडौंको मेयरमा महिला ल्याउने अवसरबाट नचुकौँ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहलाई गणेशमानको बुहारी र प्रकाशमानको श्रीमतीका रुपमा मात्र हेर्न नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले विगतको राजनीतिक योगदानलाई मूल्याङ्कन गरेर टिकट दिइएको बताए ।
‘सिर्जना सिंह गणेशमान सिंहको बुहारी, प्रकाशमान सिंहको श्रीमतीमात्र होइन,’ उनले भने, ‘उहाँ महिला आन्दोलनको अगुवा पनि हो । उहाँले म राजनीति गर्न अगाडि आउँछु भन्दा प्रकाशमानको श्रीमती भएको भरमा राख्ने कुरा अन्याय हुन्छ भनेर पार्टीले काठमाडौंको मेयरमा अगाडि सारेको हो ।’
आफूले सिर्जना सिंहसँग काठमाडौंको मेयर भएपछि गर्ने काँग्रेस योजना भन्न लगाएको पनि बताए । काठमाडौंको सडक, फोहोर, महिला र बालबालिकाको विषयमा योजना मन परेको पनि थापाको भनाइ छ । अब महिलालाई काठमाडौं महानगर मेयरमा पुर्याउन पनि उनले सबैलाई अपिल गरे । जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा सिंहलाई काठमाडौं महानगरपालिकामा अगाडि सारिएको थापाले बताए । उम्मेदवार सिंहको आँट र साहस हेरेर मतदान गर्न उनले आग्रह गरे ।
उनले भने, ‘बुहारी, श्रीमती र भाउजूको भूमिकामा रहेको महिला काठमाडौंको मेयर बन्छु भन्ने आँट र साहस लिएर आउनुभएको छ । महिलाले उहाँको आँट र साहस हेरेर मतदान गर्नुस् ।’ महामन्त्री थापाले कागजमा महिलालाई बराबर हक अधिकारको कुरा गरेर मात्र नहुने भन्दै सिर्जनालाई मेयरमा जिताउन आवश्यक रहेको बताए । उनले भने, ‘कागजमा मात्रै महिलालाई बराबर हो भनेर हुन्छ ? व्यवहारमा त्यो अधिकार प्रयोग गर्न आउँदै गर्दा सोच्नुपर्छ ।’
०७४ सालको चुनावमा एमालेलाई टिकट दिएका महिलालाई यसपटक काँग्रेसलाई मत दिन महामन्त्री थापाको आग्रह छ । ‘अघिल्लो पटक सूर्यमा भोट हाल्नुभयो, छोडिदिनुहोस् यसपटक रुखमा हाल्नुहोस् । फेरि अर्कोपटक सूर्यमा हाल्नुहोला । महिलाको लडाइँ सजिलो छैन,’ थापाले भने ।
महामन्त्री थापाले पार्टीको उम्मेदवारले चुनाव हार्दा पाँच वर्ष दुःख पाइएको भन्दै यसलाई ध्यानमा राख्न पनि आग्रह गरे । ‘म काँग्रेसका कार्यकर्ताहरूलाई अबको ५ वर्ष काठमाडौं महानगरपालिकाको प्रमुख हामीसँग नहुँदै गर्दा हाम्रो अवस्था कस्तो हुँदो रहेछ भन्ने कुरा देखेर आएका छौँ,’ महामन्त्री थापाले भने, ‘प्रकाशमान दाइ, भीमसेन सर, राजन दाई, म र चारजना सांसद हुँदा पनि चाहेको काम गर्न सकेनौँ । त्यसैले आफ्नो मेयर नहुँदा दुःख कति हुन्छ हामीलाई थाहा छ ।’
महामन्त्री थापाले काठमाडौंबासी साना साना समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंबासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?