शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाभित्र विवाद : हेमन्त–धर्मेन्द्र पक्षको भेला सर्‍यो

बिहीबार, १५ वैशाख २०७९, १६ : ४०
बिहीबार, १५ वैशाख २०७९

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली‘सुदर्शन’ धर्मेन्द्र बास्तोला पक्षले गृह कार्य नपुगेको भन्दै भोलि मात्रै भेला गर्ने भएका छन् । पार्टी नीति विपरित मिडियामा बोल्दै हिँडेको भन्दै गत बुधबार विप्लवले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेका थिए ।

पार्टीबाट कारवाहीमा परेका ओली र बास्तोलाले केन्द्रीय समिति बैठक भोलि मात्रै बस्ने भएको एक नेताले बताए । ‘हामीले केन्द्रीय सदस्य र जिल्ला सेक्रेटरी बोलाएर आजै छलफल गर्न खोजेका थियौं । गृहकार्य पुगेन’ ती नेताले भने, ‘हामीले भोलि मात्रै भेला बोलाएर छलफल गर्ने भएका छौ ।’

पार्टीबाट कारवाहीमा परेका ओली र बास्तोला पक्षले बहुमत जुटाएर विप्लवलाई कारवाही गर्ने वा नयाँ पार्टी बनाउने भन्ने विषयमा गम्भीर गृहकार्यमा लागेका छन् । पार्टी नै बनाउनुपर्ने अवस्था भएका डकुमेन्ट लगायत पार्टीका सम्पूर्ण काम गर्नुपर्ने भएकाले बिहीबार गर्ने भनिएको भेला शुक्रबार सारिएको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप