काँग्रेस र जसपाका महानगर-उपमहानगरका बागी उम्मेदवारले लिएनन् उम्मेदवारी फिर्ता
सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा) का बागी उम्मेदवारले फिर्ता लिन अटेर गरेका छन् । गठबन्धन बैठकमा बागी उम्मेदवार फिर्ता लिने सहमती भएपनि काँग्रेस र जसपा उम्मेदवारले अस्वीकार गरेका हुन् ।
बागी उम्मेदवार फिर्ता गराउन काँग्रेस र जसपा नेताहरु सक्रिय भई लागे पनि प्रतिफल निस्किएको छैन । गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बागी उम्मेदवार छैनन् । तर, काँग्रेस र जसपा नेताहरुले महानगर र उपमहानगरका बागी उम्मेदवारले बिहीबार बेलुकासम्म धेरै बागी उम्मेदवारले फिर्ता लिन मानेका छैनन् ।
अझै शुक्रबार बेलुका ५ बजेसम्म बागी उम्मेदवारले फिर्ताले समय भएकाले केही उम्मेदवारले फिर्ता लिने अपेक्षा गरिएको छ । ललितपुर महानगरमा काँग्रेसका सुविनकुमार शाक्यले उपमेयरमा बागी उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका बाबुराज महर्जनले उम्मेदवारी दिएपनि काँग्रेसका शाक्यले उम्मेदवारी दिएका छन् । बिहीबार बेलुकासम्म शाक्यले उपमेयरबाट उम्मेदवारी फिर्ता लिएका छैनन् । तर, ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले उपमेयरका उम्मेदवार सुविनकुमार शाक्यले फिर्ता लिने सहमति भएको बताए । शाक्यले उपमेयरबाट फिर्ता लिने सहमति भइसकेकाले भोलिसम्म फिर्ता हुने श्रेष्ठको दाबी छ । ललितपुर मेयरमा गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै पोखरा महानगरमा काँग्रेसका ३ जना नेताले मेयरमा बागी उम्मेदवारी दिएका छन् । नेता विमलबहादुर काकी, नन्दूप्रसाद तिवारी र सोमबार ऋषि सापकोटा छन् । पोखरा मेयरमा भागण्डामा एकीकृत समाजवादीबाट धनराज आचार्यले उम्मेदवारी दिएका छन् । तर, काँग्रेसका तीनै जनाले मेयरमा उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेको काँग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बरालले बताए । बागी उम्मेदवारी फिर्ता गराउन निक्कै प्रयास गरेपनि सफल हुन नसकेको बरालले स्वीकार गरे ।
भरतपुर मेयरमा काँग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण भरतपुर पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा पौडेलले आफूले मात्रै फिर्ता लिएर उम्मेदवारी फिर्ता नहुने भन्दै अस्वीकार गरेका छन् । आफूले मात्रै फिर्ता लिएर फिर्ता नहुने भएकाले साथीहरुको समेत आग्रह भएकाले टार्न नसकिने पौडेलले जवाफ फर्काए ।
‘चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यका लागि उम्मेदवार बनेको हुँ । फिर्ता लिने विषय मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन’ गृह मन्त्रीसँगको भेटपछि पौडेलले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै जोडबलमा गृहमन्त्री चितवन गएर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि फिर्ता भएन । मेयरमा भने माओवादीबाट रेनु दाहाल र उपमेयरमा काँग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाको बागी पनि उस्तै
जसपाले पनि विराटनगर महानगर मेयरमा उमेश यादवले बागी उम्मेदवारी दिएका छन् । गठबन्धनबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपनि मेयरमा यादवले बागी उम्मेदवारी दिएका छन् । यस्तै बुटवलमा जसपाले मेयर उपमेयरमा बागी उम्मेदवारी दिएका छन् । मेयरमा सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएकी छन् । त्यहाँ मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीलाई परेको थियो ।
हेटौँडा उपमहानगरमा जसपाले मेयरमा दीमा लामा र उपमेयरमा हरिहर खतिवडाको नाम दर्ता गराएका छन् । मेयरमा एकीकृत समाजवादी उपमेयर काँग्रेसको भाग परेको छ । यस्तै धनगढीमा जसपाले नै मेयरमा कवीन्द्र ऐर उपमेयरमा नन्कली रानाको उम्मेदवारी दर्ता गराएका छन् ।
त्यहाँ मेयर काँग्रेस र उपमेयर माओवादी भएपनि जसपाले बागी उम्मेदवारी दिएको छ । तर, जसपा नेता गंगानारायण श्रेष्ठले बागी उम्मेदवारलाई फिर्ता लिन आग्रह गरेपनि अटेर गरेको बताए ।
‘हामीले महानगर र उपमहानगरका बागी उम्मेदवारलाई फिर्ता लिन निर्देशन दिएका छौ । धेरै बागी उम्मेदवारले मान्नुभएको छैन’ श्रेष्ठले भने,‘पार्टीको निर्देशन मानेका छैनन् । उनीहरुका विषयमा के गर्ने पार्टीले निर्णय गरेर एक्सन लिन्छ ।’ बागी उम्मेदवारलाई समेत कारवाही गर्ने अवस्था समेत नरहेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान