तरलता व्यवस्थापनको दबाबमा सहकारी बैंक
बैंक तथा वित्तीय क्षेत्रमा थप तरलता अभावको समस्या झाँगिदै गएको बेला सोको दबाब यता सहकारी क्षेत्रमा समेत देखिन थालेको छ । कर्जा मागको तुलनामा प्रयाप्त निक्षेपको आउन नसकिरहेका बेला सहकारीहरूमा ब्याजदर वृद्धिको दबाब परेको हो । यसै सन्दर्भमा पछिल्लो पटक राष्ट्रिय सहकारी बैंक (एनसीबीएल) ले एकै महिनामा दोस्रो पटक ब्याजदर वृद्धि गरेको छ ।
बैंकले उहीँ बैशाख १५ गतेदेखि लागू हुने गरी पुनः निक्षेपको ब्याजदर वृद्धि गर्दै ११.७५ प्रतिशत पुर्याएको छ । यसअघि यसै महिना बैशाख ४ गते मात्र बैंकले क्रमिक बचतको ब्याजदर ९.७५ प्रतिशतदेखि अधिकतम १०.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो । तर, १० दिन भित्रै पुनः ब्याजदर वृद्धि गरेको बैंकले यस्तो ब्याजदर थप १ प्रतिशतले वृद्धि गर्दै ११.७५ प्रतिशत पुर्याएको हो ।
यस्तै अन्य साधारण बचतमा समेत बैंकले सोही दरमा ब्याजदर वृद्धि गरेको छ । यता समग्र सहकारी क्षेत्रको सन्दर्भ ब्याजदर भने १६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर वृद्धि भएसँगै सोको दबाबमा परेका सहकारीकर्मीहरुले यसअघिको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर वृद्धि गरेर १६ प्रतिशत पुर्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार